यो रात मनपर्छ

रात सुन्य छ,
मलाई यो सुन्यता मनपर्छ
दिनको कोलाहलमा हराएको म
आँफैलाई भेट्ने गर्छु म यो रातमा
गनतब्य हिँडदा ठेस खाएका औंलाहरुले
बिश्रामको आनन्द पाएको छ
सुन्दै छु यो धड्कनलाई
सुन्दै छु यो सासलाई

रात अन्धकार छ,
मलाई यो अन्धकार मनपर्छ
दिनमा बन्धनले बधिँएको यात्री म
रातको सपना म मातियेको छु
सिमाना बिनाको कल्पनामा
आफ्नै संसार बनाउदै छु, खुल्ला आकाश म उड्दै छु
र सुन्दै छु यो धड्कनलाई
सुन्दै छु यो सासलाई
त्यसैले मलाई
यो सुन्यता,यो अन्धकार र यो रात मनपर्छ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.