Bezay’s Weblog

a small effort for revolution..

Archive for June, 2009

अब त केही गरैाँ …

Posted by Bijay Khadka on June 24, 2009

आदर्निय देश प्रेमी मित्रहरू, भारतीय हस्तक्षेप र ज्यादतीहरूको ठोस प्रमाणहरू प्रसस्त हुँदा पनि कथीत नेपाल सरकार प्रतिकारमा उत्रन र समस्याको दिर्घकालीन निकास खोज्नुको साटो उल्टै घटनाको खण्डन गर्दैछ र भारतलाइ सफाइ दिन खोज्दैछ । अन्य कथीत राजनितिक दलहरूको चरित्रहिनता पनि छर्लङगै छ । रस्ट्रियताको मुद्दामा एकजुट भएर प्रतिकर गर्ने बेलामा, बन्द, हड्ताल, चक्काजाम जस्ता असभ्य बिरोधको अभ्यास गरेर गरीब नेपालीको पेट भोको राख्ने, नेपाल, नेपाली र समग्र मानब बर्गको मुक्तीको निम्ती लड्नु पर्ने बेलामा नेपाली नेपाली लडाएर आफ्नो स्वार्थ पुरा गर्न खोज्ने, कुर्सी र सापटि शक्तिकोलागी शत्रुको पाउ मोल्ने, नेपालको भबिश्य निर्धारण गर्ने सधीं र सम्झैाताहरु भारतमा गर्नुको मतलब के हो ? यस्ता राजनितिक पार्टीहरूले कसरी आफूलाइ क्रान्तिकरी र नेपाली भनेर व्याखा गर्न सुहाँउछ ? वास्तवमा हामी सबै नेपाली पीडित नै छौ, हामीलाइ यी राजनितिक दलहरूले मूर्ख बनाइरहेका छन । र यो पिडा बाट मुक्त हुन सर्बप्रथम नेपाल मुक्ती हुन जरुरी छ । म यही बक्तब्य मार्फत समग्र साथीहरुलाई कसैको स्वार्थ पुरा गर्ने जालमा नफस्न आग्रह गर्दछु। हाल बिभिन्न भेषमा देशद्रोही तत्त्वहरू जताततै छरीएर बिभिन्न षड्यन्त्रहरू बुनिरहेको अवस्था छ र हामी सबै यस प्रति सचेतहुन आवस्यक छ । यी राजनितिक दलहरूको चरित्रहिनताले आज सम्पूर्ण नेपाली जनताको मनोबल गिराएको छ । बिगत ६० वर्ष देखि हामीले भोग्दै आएको हेपाइ, चेपाइ र दासत्व आज अन्तिम बिन्दुमा पुगेको छ । सम्मानित नेपाली जनताको सहनशिलताको सिमा भत्किसकेको छ । हामी अहीले अत्यन्त जटिल परिस्थितीबाट गुज्री रहेकाछैाँ, यस अर्थमा की आज हाम्रो अस्तित्त्व समाप्त पार्न हाम्रै देश भित्र नेपालीको भेषमा रहेका भारतीय दलालहरू र भारत लागि परेको छ । भारतले सिमा अतिक्रमण मात्र गरेको छैन, अन्तराषट्रिय संधी र नियमको उल्लङ्न गर्नुको साथै क्रुरताको पराकास्ट नागेर श्रीमानकै अगाडी श्रीमतीको बलात्कार, बु्वा आमाको अगाडी छेरीको बलात्कार र सम्मानित नेपाली जनतामाथी कुट पिट, यतना, धम्की लुटपाट जस्ता घोर अपराध गर्ने गरेका छन् । यो हाम्रो गर्व र इज्जतमाथी गरिएको सु्नियोजित प्रहार हो । अतः देश रोइरहेको यो अवस्थामा, देश बचाउन र हामी माथी हुने अत्याचारको प्रतिकार गर्न कथित नेपाल सरकार र राजनितिक दलहरू असफल भएकोले र जनता लाई यी दलहरू र यी पुराना नेता प्रति बिस्वास नभएको हुँदा देश बचाउने अभिभारा हामी यूवाहरूको काँधमा आइपरेको छ । हाम्रो अस्तित्त्व जोगाउन, बिकसित नेपाल स्थापना गर्न, नेपाली भएर गर्व गर्न पाउने अवस्था सृजना गर्न सम्पूर्ण सच्चा देशभक्त मित्रहरूलाइ यो देशभक्तहरूको पवित्र गठबन्धनमा सामेल भइ देश बचाउ अभियान सफल पार्न हार्दिक आग्रह गर्दछु ।

Posted in Uncategorized | Leave a Comment »

भारतको हस्तक्षेप बिरूद्द यूवा वक्तव्य

Posted by Bijay Khadka on June 6, 2009

सम्मानित नेपाली जनताले आफ्नै भुमिमा मेहनत र पसिना बगाएर लगाएको बालीमा भारतीय जनावर चर्ने गरेको छ, र दुखले छाएको छाप्रोमा भारतीय पिचासहरूले नेपाली जनतालाइ तर्साएर, धपाएर ओत लाग्दै आएका छन । हाम्रो बुवा आमाहरूको बास खोस्ने, दिदि बहीनीहरु माथी बलात्कार गर्ने र हामी नेपालीको अस्तित्व समाप्त पार्ने उद्देश्यका साथ भारतीय साम्राज्यवादी सरकारको ठाडो निर्देशनमा भएको यो अमानविय क्रियाकलाको र सार्वभैामिकता माथीको हस्तक्षेपको म घोर भर्तसना गर्दछु ।

भारत नेपालमा स्थिर सरकार बनाउन नदिने, दिर्घकालीन बिकासका योजना र बिकासमुखी कार्यक्रम संचालन गर्न बाधा पुर्याउने, राजनितिमा उथलपुथल मच्चाउने, दाजु भाइ बिच झगडा गराउन उक्साउने, बिभिन्न नेपाली भेषमा रहेका भारतीय दलालहरू मार्फत नेपाललाइ बिखन्डनको दिशा तर्फ धकेल्ने र गृह युद्द तर्फ लगेर भारतीय सेना नेपालमा प्रबेश गराइ हाम्रो अस्तित्व समाप्त गर्ने षडृयन्त्र गर्दै आएको छ । नेपाललाई भारतीय नियन्त्रणमा राखी चीन बिरोधी आन्दोलन र चिन हेर्ने केन्द्रका रूपमा नेपाल रहोस भन्ने अमेरीका चाहान्छ । केही बर्ष यता भएका घटनाक्रम नै यसको प्रमाण हो । यी बिस्तारबादी, बिखन्डणकारीहरू नेपाल भित्र, बाहीर बिभिन्न रूपधारण गरी सक्रिय रहेको यस जटिल अवस्थामा हामी सम्पूर्ण नेपाली जनता सर्तक र सयंम हुन आवश्यक छ तर हाम्रो सहनशिलतालाइ कमजोरीको रूपमा बुझे त्यो भारत, अमेरीका र नेपाललाइ नामेट गराउन चाहाने जो कोहीको लागि पनि दुर्भाग्य हुनेछ ।

नेपाल सदैव भारत असल मित्र बनोस भन्ने चाहान्छ तर उस्को व्यवहारले उ निउँ खोज्ने काम गरिरहेको पुस्टी हुन्छ । वर्माको निरकुंश सैनिक सरकारलाइ समर्थन दिन सक्ने तर नेपालको सर्वमान्य संस्था र जननिर्वाचित सरकारहरूको बिरोध गर्ने चरित्रहीन भारत प्रति बिश्वास गरिराख्नु हाम्रोलागी घातक हुनेछ । भारतसगँ बिगतमा भएका सम्पूर्ण संधी र सम्झैाताहरू खारेज गर्दै बिकसित परिस्थिती अनुरूप अनुकल सम्झैाता गर्न नेपाल सरकार समक्ष माग गर्दछु । भारत सरकारले यस्ता अमानविय, अमर्यादीत क्रियाकलाप तत्काल बन्द नगरे, देश र जनता र मानव मुक्तीको निम्ती म लगाएत सम्पूर्ण यूवा वर्ग सशक्त आन्दोलनमा उत्रन बाध्य हुनेछ ।

बिश्व भर रहेका बुद्दिजिवि, राजनितिज्ञ, पत्रकार र सचेत मानव वर्गहरूलाइ राष्ट्रियताको सवालमा एक जुट हुन र आ आफ्नो स्थानबाट मुक्तीको लागि संघर्स जारी राख्न हार्दिक अपिल गर्दछु । नेपाल रहे मात्र नेपालीको अस्तित्व रहन्छ र नेपाल स्वतन्त्र रहे मात्र नेपाली स्वोतन्त्र रहन्छन ।

जय जनता,
बिजय खड्का,
(देशभक्त यूवा)

Posted in Uncategorized | Leave a Comment »