बंगलामुखी मन्दिरमा आगलागी भयेा …. लाखैाँ केा क्षती
Posted by Bijay Khadka on March 16, 2009
पाटन स्थीत प्रसीद् वंगलामुखी मन्दिरमा गए रातदेखि आगलागी भएको छ। आगलागी करीब बीहान ७ बजे मात्र नीयनत्रण मा आएकेा थीयेा । आगलागीको सम्पूर्ण विवरण नआए ता पनि मन्दिरभित्रकेा सबै समानहरू जलेको जानकारी प्रप्त भएकेा छ। आगलागीबाट सत्तरी लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको क्षति पुगेको छ। लोडसेडिङपछि राति १२ बजे आएको वत्तिले विद्युत सर्किटमा गडबढी हुँदा मन्दिरमा आगलागी भएको थीयेा ।
त्याँहा रहेका काठका कलात्मक झ्याल, ढोका र बाहिरको च्यानल गेट समेत आगोले डढेको छ। मन्दिरका धातुको मूर्तिहरु बाहेक सबै जलेका छन्।
आगलागी हुनासाथ स्थानीय व्यक्तीहरुले नियन्त्रणको प्रयास गरेका थिए। दमकल खवर गरे भन्दा एक घन्टा भन्दा ढिलो आएको थीयेा ।