Bezay’s Weblog

a small effort for revolution..

Archive for March, 2009

श्रीमतीलाई चार तल्ला माथिको झ्यालबाट खसाली दिएपछी ……

Posted by Bijay Khadka on March 24, 2009

सिङ्गापुर, एजेन्सी

३६ बर्सिये जसन जन पोरटियोस, एक अष्ट्रेलियन नागरिकले आफ्नो थाइ श्रीमतीलाई चार तल्ला माथिको झ्यालबाट खसाली दिएपछी समुदायिक अदालतले उनलाई हत्त्याको प्रयासको अभियोगमा २५ महिना जेल सजाये सुनाएको छ ।

जसनले आफ्नो सालीलाई उनको स्तन देखाउन अनुरोध गरेपछी उनलाई श्रीमतीले गाली गरेकी थिइन।  सो अवस्थामा जसन मादक पदार्थ सेवन गर्दै टि.भी हेरिरहेका थिए । पछी लगभग बिहान २ बजे तिर जसन सरासर आफ्नो सुत्ने कोठामा गाई सुतिरहेकी श्रीमतीलाई टिपेर झ्याल बाट खसाली दिएका थिए ।

‘म सुतिरहेको थीएँ तर एक्कासी ठुलो आवाज अयो, जसन को बेड रुम खुल्ला थियो र मेरी दिदि त्याहाँ थीइनन र खेाज्दा मैले उनलाई तलको नालीमा भेटे, उनको टाउको, कान र मुखबाट रगत बगिरहेको थियो, जसन को साली ले भनिन’। सेा देख्ने बित्तिकै माथि आउदा जसन आफ्नो ब्याग प्याक गर्दै थिए, साली ले हस्पिटल लग्न गरेको अनुरोधलाई उनले अवसिकर गर्दै एरपोर्ट तिर गएका थिए तर केही समय पछी उनी फर्केर हस्पिटल पुगेका थिए र प्रहरीले उनलाई तेही नियेन्त्रणमा लिएको थियो ।

Posted in Uncategorized | Leave a Comment »

अतित र भविश्य विच म

Posted by Bijay Khadka on March 16, 2009

उठेर छेउँकै बाथ्रूम जान शरीरले दबाब दिए ता पनी म यि दबाबलाई बेवास्ता गरिरहेको छु कारण; ओछ्यान न्यानो भाईसकेको छ र निदाउन आटेको छु। तर मेरो चलाख कानहरुले कुनै बच्चाको खुल्ला हासो सुन्दछु र मेरो निन्द्रा एकाएक भङ  भएको छ । मैले मन्द स्वोरमा ए फोर यापल, बि फोर बल र अरु अरु सुनिरहेको छु र म सुन्न बाध्य छु, न म बालक को हो चिन्दछु न उल्लाई म मेरो निन्द्रा बिगारेकोमा गाली गर्न मेरो बिबेकले मलाई  सिफारिस नै गर्दछ। म बिवस छु यि हँसोहरूलाई स्विकर्न। म कसरत गरिरहेको छु यी आवाजहरुलाई पनी बेवास्ता गर्दै  सपनाको भूमीमा अवतरन गर्न । म निदाउन सक्दिन अब शायद धेरै नै गून गून आउन थाल्यो, म ठ्म्यौन सक्दिन कून दीशाबाट यो आवाज अवतरित छ मेरो कान मा। यि बालकले मलाई कमजोर साबित गरेको हो या अफ्नो  आवाजलाई सक्तिशाली तर म एक्कासी ति सिसुले गून्जेको जुन त लाग्यो ताराले भन्ने गीत मलाइ मेरो अतित मा फर्काउँदछ। मलाई  ति ए बि सि हरुले मेरो ए.बि.सि कै दिनहरुमा पुर्याएको छ।  

हो म फेरी एक पटक ति बालापन महसूस गर्न चाहन्छु, त्यसरी नै खुल्ला ह्रीदयले हास्न चाहान्छु , जुन र ताराहरूसँग खेल्ने कल्पना गर्न चाहान्छु। हो म आज कल्पना को रोलर कोस्टर मा बहकिरहेको छु । र लाग्दै छ मेरो सिद्दान्त र पुरुस्वार्थलाई मन मा उर्लिएका भावनाले लत्त्याएको छ । म आज मेरो सैसबकाल का साथी हरु लाई  गरिरहेको सम्झीँदै छु, धमिलिदै गएका ति यादहरु छरलङिदै छन। अब यो न्यानो ओछ्यान बाट यन्टर्टिका पुगेको महसुस गर्दैछु ।

 भित्ता मा टिक टिक गरिरहेको घडीलाई नियाल्दछु र रात छिप्पेको सकेंत पाएको छु । अतितलाई सम्झेर म भवीस्य बिर्सन सक्दिन, भोली पनि छ मेरो जीवन। मेरा जिम्मेवारीहरुले मलाई कादापी क्षमा गर्ने छैन। म भबिस्से र अतितलाई सन्तुलित गरी ब्रतमनलाई अघी बढाउन चाहान्छु । तर म फेरी भोली को बारेमा सोच्दछु अनी फेरी अतित मै पुग्न चाहान्छु, जीवनलाई एक फेर फेरी त्यो मोडमा लान चाहन्छु जहाँ मैले गरेका गल्तीहरू लाई सच्याउन सकुँ र जीवनलाई अर्कै दीशा तर्फ लगुँ, तर यो मेरो चाहना मनको लड्डु घीउ सँग खाने कुरा जस्तै मात्र हो। तर यदी त्यो अवसर प्राप्त  भयेा भने पनि अन्तन्त फेरी अर्को एउटा मौका को भोगी भाईरहने छ हर मानब। मान्छे ले गल्ती गर्दछ र गल्ती लाई पछुताउनु मस्तिस्क र हृीदयलाई दिने बोझ मात्र हो।  जे भयो सो भयो र जे गयो सो पनि गयो, अबको बिकल्प भनेको जीवन जसरी प्रस्तुत हुन्छ त्यसरी नै यस सँग संघर्स गर्नु हो ।  अब समस्या को समाधान भन्दा बढी सदुपयोग गर्न प्रयत्नसिल रहनु पर्दछ। र ति अतितमा हराएका साथी र मौकाहरुलाई सम्झेर बियोगित हुनु भन्दा नयाँ नयाँ मोडमा भेटिएका साथीहरु वा प्राप्त भएका अवसरहरुलाई गूम्न नदिनु ले सम्भवत फेरी मलाई अतित मा फर्कने भन्दा भबिस्से तिर लमकन प्रेरित गर्ने छ ।

Posted in Uncategorized | Leave a Comment »

बंगलामुखी मन्दिरमा आगलागी भयेा …. लाखैाँ केा क्षती

Posted by Bijay Khadka on March 16, 2009

पाटन स्थीत प्रसीद् वंगलामुखी मन्दिरमा गए रातदेखि आगलागी भएको छ। आगलागी करीब बीहान ७ बजे मात्र नीयनत्रण मा आएकेा थीयेा । आगलागीको सम्पूर्ण विवरण नआए ता पनि  मन्दिरभित्रकेा सबै समानहरू जलेको जानकारी प्रप्त भएकेा छ। आगलागीबाट सत्तरी लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको क्षति पुगेको छ।  लोडसेडिङपछि राति १२ बजे आएको वत्तिले विद्युत सर्किटमा गडबढी हुँदा मन्दिरमा आगलागी भएको थीयेा ।

 त्याँहा रहेका काठका कलात्मक झ्याल, ढोका र बाहिरको च्यानल गेट समेत आगोले डढेको छ।  मन्दिरका धातुको मूर्तिहरु बाहेक सबै जलेका छन्।
आगलागी हुनासाथ स्थानीय व्यक्तीहरुले नियन्त्रणको प्रयास गरेका थिए। दमकल खवर गरे भन्दा एक घन्टा भन्दा ढिलो आएको थीयेा ।

Posted in Uncategorized | Leave a Comment »

बत्ती आयन बत्ती आयन किन आयन ?

Posted by Bijay Khadka on March 11, 2009

नयाँ ईतिहास र नयाँ रेकर्ड्सहरु कायम गर्ने हाम्रो (चन्ड, प्रचन्ड, गिरिजा,सिरिजा, देउबा लेउबा, ज्ञानेन्द्र, फ्यानईन्द्र,थापा, सापा सबै जि लगायतका युवा भनिने बुडा नेताहरु सम्मको ) अभीयानमा हामीले एक सफलता प्राप्त गरेकाछैा । यो सदा रहने सक्रमन कालिन अवस्थामा नै यती ठुलो उपलब्धी हासिल गर्नु हाम्रोलागि अत्तेन्त मह्त्वोपूर्ण छ र भाईरहने छ।

बिज्ञानलाई नै चुनौती दिँदै, कल्पनाको संसारलाई वास्तविकतामा परिवर्तन गर्नु यो समग्र क्रान्तीकारी , अक्रान्तिकारी, सरकारी, तरकारी जे जे कारी र बीभीन्न मन्त्र, तन्त्रबादी, जे जे नाम भएका दलाल वा बवाल सबै नेताहरु आज गर्वले छाती फुलौदै चर्का चर्का स्वर निकालेर ठयाक्कै ५ हेा की ६ फीट माथि उफ्रेर करौदछन, कारण , आज बाँचेँका मध्ये कसैले नदेखेको १६ सताब्दीमा हामी पुगेको यो खुशीयली हो। यो एउटा साझा प्रयासकेा मेहनतको पारीनाम हो। यसमा सबै हर्सित छौ । हुनै पर्यो नि हैन त ?

‘अगुल्टो हल्लाउँदै आफैलाई खोजिरहेकेा जनता यो दुनियाँमा कतै नहोला तर हामी सँग छ, यसमा त झन हामी आफै अच्चमीत भएका छैाँ ‘ सरकार र अन्ने दल भन्छन। आफै हराउँदै आफै खोज्नु भनेको आफैलाई धेरै चोटि हराउनु मात्र होइन फेला पार्नु पनी हो अनी हराएको चीज फेला पर्नु राम्रो कुरा होइन र ?

अब त कमरेडहरु अर्को के चमत्कार व्याख्या गर्छन् भने, एत्रो बत्ती जाँदा पनि जनता चुपो लगेर बस्नुमा पनि षडयन्त्र छ भन्न पछी नपर्लान । जनता चुपो लागेर बसेकोमा सरकारलाई के को टाउको दु:खइ, उल्टै खुशी हुनु पर्ने होइन भन्ने सोच्नु हुन्छ भने ल सुन्नुस् किन सरकार जनता चूपो लागेर बसेकोमा दिकदार छ। अब कैले जनता सडकमा औंला अनी हत्त न पत्त स्वात्त तिब्बतको पर्खालबाट ल्वात् डिजेल प्लान्ट भित्रौला अनी ग्वाम्म कमिसन खाउँला भन्ने सोच्दै सपना सजाउन थालेको थियो तर जनता मरिगय आएनन त सडकमा । अब कून बाहानामा ल्याउने हो डिजेल प्लान्ट ? वा कून बाहानामा दक्षिण को सत्रु जस्तो मित्र सँग किन्ने हो आँफैले बेचेको बत्ती भनेर चमतकारै चमतकार भइरहेक छ , र पनी के गर्नु हामी खेलडी भाईकन पनि दर्सक बनेपाछी ? बोरु एसो सोच्ने, सरी गर्ने पेा हो कि देशको र आफ्नो लागि ? ल भन्नुस् है नलजाइकन।

लौ त कुर गर्यो कुरै को दु:ख वाक्क लाग्यो मेरो सेरो फेरो को गनथन गरेर फेरी फेरी मानमा अट्समटस गरेर बसेको भलाकुसारी गरौला बेला बखतमा हैत ।

Posted in Uncategorized | Leave a Comment »