Letter to deaf & blind and brain-dead minister !
श्री सम्माननीय मन्त्री ज्यू
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय
िसंहदरबार काठमाण्डौ
विषय ः बालबालिकाको हक हीत संरक्षण गर्ने बारेमा ।
महोदय
उपरोक्त सम्बन्धमा बालबालिकाहरु विभिन्न क्षेत्र र वर्गवाट धरै समय देखि शोषित हुँदै आएको कुरा सम्भवत यहाँलाई अवगत नै होला । राष्ट्र र समग्र विश्वको भविष्य आजका बालबालिका भएकोले उनीहरुको सुनौलो भविष्य निमार्णको निम्ती उनीहरुको उचीत संरक्षण हुन नितान्त अत्यावश्यक छ । उनीहरु प्रति हुने गरेको श्रम यौन वा अन्य कुनै पनि किसिमको शोषण प्रति सरकार मूखदर्शक भएर बसेकोमा हामी अत्यन्त दुखी भएका छौं । अत ः सभ्य सुन्दर गतिशील विकासमुखी भविष्यको निम्ति बालबालिकाहरुको हक हीत संरक्षण र उनीहरुको विकासको लागी विभिन्न किसिमको कार्यक्रम संचालन अपरिहार्य छ । चाडो भन्दा चाडो यस विषयमा सरकार कार्यदर्शी हुन्छ भन्ने कुरामा हामी विस्वस्त छौ । हामीले हाम्रा मागहरु यसै पत्र मार्फत पठाएका छौं । यस विषय प्रति सरकार सकारात्मक हुनेछ र हाम्रो मागहरु पूरा हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौ ।
निवेदक
विजय खड्का
यूवा तथा बालबालिका सरोकार संस्था
मागहरु
क हकहीतको सम्बन्धमा
१ बालश्रम निर्मूल पारिनु पर्दछ ।
२ हाल विभिन्न घर कल कारखाना होटल इत्यादी मा रहेका बालश्रमीकहरुलाई सरकारले गाँस बास कपास शिक्षा स्वास्थ्य र मनोराजनको उचीत व्यवस्था गर्नु पर्दछ ।
३ बाल श्रम शोषण गर्ने उपर कडा भन्दा कडा कारबाही गरिनु पर्दछ ।
४ १६ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई नाबालक परिचय पत्रको व्यवस्था गरिनु पर्दछ ।
५ स्वास्थ्य र शिक्षा निशुल्क बनाईनु पर्दछ ।
६ बालबालिकाहरुलाई यातायात र मनोराजनमा ५०५ छुटको व्यवस्था गरिनु पर्दछ .
७ बालबालिकाहरुको मनोविज्ञान र आत्मसम्मानमा ठेस पुग्ने कुनै पनि किसिमको कार्यक्रम वा गतिविधिमा प्रतिबन्ध लगाईनु पर्दछ र उल्लङघन गर्ने उपर कारबाही गरिनु पर्दछ ।
८ उनीहरुलाई कुनैपनि जोखिमपूर्ण काम गर्न लगाउन हुँदैन र लगाउने र लगाउन प्रोत्साहीत गर्ने उपर कारबाही गरिनु पर्दछ ।
ख शिक्षाको सम्बन्धमा
१ विद्यार्थीहरुलाई समानता र शिक्षामा एकरुपताको अवधारण लागु गरिनु पर्दछ ।
२ एक विद्यालय एक पोशाक निति लागु गरिनु पर्दछ ।
३ निशुल्क शिक्षा प्राप्तिको अवसर प्रदान गिरिनु पर्दछ ।
४ वैज्ञानिक व्यवहारिक जिवनपयोगी शिक्षा लागु गरिनु पर्दछ ।
५ शिक्षाविद जनसमुदाय एवंम् बुद्धिजीवीहरुसंग सल्लाह एवंम् परामर्श गरी शिक्षा क्षेत्रको आम ग्रामिण क्षेत्रमा सुधारको प्रयास तत्काल थालनी गरिनृु पर्दछ ।
६ किताव लगायत शिक्षाको निम्ति चाहिने अत्यावश्यक वस्तुहरु निशुल्क उपलब्ध गराईनु पर्दछ ।
७ निजी विद्यालयहरुलाई समुदायमा हस्तानतरण गरिनु पर्दछ ।
८ शिक्षालाई व्यापार बनाउने र यसमा विकृती ल्याउने उपर कारबाही चलाईनु पर्दछ ।
ग सुविधा र सेवाको सम्बन्धमा
१ १६ वर्ष भन्दा मुनिका बालबालिकालाई नाबालक परिचय पत्रको व्यवस्था गरिनु पर्दछ ।
२ स्वास्थ्य र शिक्षा निशुल्क बनाईनु पर्दछ ।
३ बालबालिकाहरुलाई यातायात र मनोराजनमा ५०५ छुटको व्यवस्था गरिनु पर्दछ ।
४ परिआएको वखतमा उनीहरुको उचित संरक्षण र सुरक्षाको व्यवस्था गरिनु पर्दछ ।
घ मनोविज्ञानको सम्बन्धमा
१ बालबालिकाहरुको मनोविज्ञान र आत्मसम्मानमा ठेस पुग्ने कुनै पनि किसिमको कार्यक्रम वा गतिविधिमा प्रतिबन्ध लगाईनु पर्दछ र उल्लङघन गर्ने उपर कारबाहि गर्नु पर्दछ ।
२ कुनै पनि किसिमको शारिरीक एवंम् मानसिक यातनालाई पूर्ण रुपमा प्रतिवन्ध लगाईनु
पर्दछ ।
३ सार्वजनिक स्थलहरुसंचार माध्यमहरुमा बालबालिकाहरुको मनोविज्ञानमा असर पर्ने कुनै पनि किसिमको कार्यक्रम तस्वीर आदीको प्रचार प्रसारमा प्रतिबन्ध लगाईनु पर्दछ ।
४ बालबालिकालाई िहंसा मुक्त वातावरणमा हुर्कने अवसर प्रदान गरिनु पर्दछ ।
ङ आत्म निर्णयको सम्बन्धमा
१ कुनैपनि किसिमको दबाव प्रति प्रतिबन्ध लगाईनु पर्दछ ।
२ उनीहरुको रुचिको विषय पढ्न-लेख्न र अध्ययन गर्न पाउने उचित अवसरहरुको सिर्जना गरिनु पर्दछ ।
३ आफ्नो भविष्य प्रतिको निर्णय लिने अधिकार उनीहरु स्वयंममा निहीत हुने व्यवस्था लागू गरिनु पर्दछ ।
च समानताको सम्बन्धमा
१ सम्पूर्ण बालबालिकाहरुलाई समान एवंम् सम्मानजनक व्यवहार गरिनु पर्दछ ।
२ जातभात वर्ग लिङ्ग धनी-गरीव वा कुनै पनि आधार वा वाहानामा भेदभाव र दुरव्यवाहार गर्ने उपर कारबाही चलाइनु पर्दछ ।
छ अतिरीक्त विकासको सम्बन्धमा
१ बालबालिकाहरुमा अन्तरनिहीत प्रतिभा उजागर गर्न र यसको उचित सदुपयोगको लागि विभिन्न कार्यक्रमहरु संचालन एवं उचित अवसरहरु प्रदान गरिनु पर्दछ ।
२ संचार माध्यममा बालबलिका हकहित र अधिकार सुसुचित गर्ने प्रसस्त कार्यक्रमहरु संचालन गरिनु पर्दछ ।